कांग्रेस निर्वाचनमा जान आतुर छ: शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ –६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानिय नेताहरुसँगको भेटमा बोल्दै उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।

‘संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो । हामी त निर्वाचनको मिति कुरेर बसेका छौं, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ, उनले भने ।

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई थियो । ‘दलका केही नेतालाई काठमाडौ बाहिर जान दिईएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरु बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ? कोइरालाले प्रश्न गरे । साथै उनले निर्वाचनका लागि जुट्न पनि पार्टी पङ्तीलाई निर्देशन दिए।