बालेन र रविबीचको ‘वान टू वान’ वार्ता सकियो,दिएनन् प्रतिक्रिया

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको ज्वागलमा भएको भेटवार्ता भर्खरै सकिएको छ।

मेयर शाहका सहयोगी कुमार बेनको निवासलाई वार्तास्थल बनाइएको थियो । सोही स्थानमा दुई नेताबीच केहीबेर छलफल भएको हो।

वार्ता सकेर सभापति लामिछाने भर्खरै बाहिरिएका छन् । बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो? भनेर प्रश्न गरेका थिए ।

सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ? त्यसपछि उनलाई सञ्चारकर्मीले अर्को प्रश्न पनि गरेका थिए । ‘लौरो टेक्ने कि घण्टी बजाउने? उनलाई प्रश्न गरिएको थियो । जसको जवाफमा रविले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।