कांग्रेस दास र लासहरूको पार्टी होइनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी दास र लासको पाटी नभएको बताएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेसमा जिउँदो मानिसको पार्टी भएको बताए।

उनले भने,कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कोही बा छैन, नबोल भन्ने। यहाँ सबै बराबर छन्।

थापाले पार्टीको नीति र नेतृत्व बदलिने घोषणा गरेका छन्। उनले यस्तो अवस्थामा यो विषय कहाँ गएर टुंगिन्छ भन्ने आफूलाई पनि थाहा नभएको भन्दै कांग्रेस पार्टीका नेता कार्यकर्ता कसैको दास नभएको बताए।

उनले भने, ‘प्रतिनिधिहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नु भएको छ। यो कहाँ गएर टुंगिन्छ। मलाई थाहा छैन।