दुईपल्टभन्दा प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आउँछौँ: विश्वप्रकाश शर्मा
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुईपल्ट भन्दा धेरै प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आएको बताउँदै विशेष महाधिवेशनबाट पारित गराउने बताएका छन्। उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
कांग्रेसमात्रै होइन कुनै पनि पार्टीको नेता दुईपल्टभन्दा प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव लिएर आउँछौँ,उनले भने,कांग्रेसभित्रैबाट उठेको रुपान्तरण हो भन्ने लाग्न सक्छ। मैले यो कुरा सभापति शेरबहादुर देउवालाई पनि भनेको थिएँ । तर उहाँले मान्नुभएन।
