यस्तो रहनेछ आजको माैसम ?

काठमाडौं। नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव छ। हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।