कांग्रेसको विशेष महाधिवेशनमा आज बन्दसत्र

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्र शुरु हुँदैछ। भृकुटीमण्डपमा आइतबार शुरु भएको विशेष महाधिवेशनको बन्दसत्र बिहान १० बजे शुरु हुनेछ।

बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिबाट दर्ता प्रक्रिया बन्द गरिएको थियो । सोमबार बिहान पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार-प्रसार संयोजक सुवास पोखरेलले जानकारी दिए।

आइतबार बेलुकी ९ बजेसम्म २ हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेको बताइएको छ। कुल प्रतिनिधिमध्ये ५६.१२ प्रतिशत प्रतिनिधि महाधिवेशनमा सहभागी भएको महाधिवेशन पक्षधरको दाबी छ।