जनता २१ फागुनको प्रतीक्षामा छन्: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशभरका जनता व्यग्रताका साथ २१ फागुनको निर्वाचनलाई कुरी रहेको बताए। अहिले विद्यमान संकट निर्वाचनबाट मात्रै पार हुन सक्ने भन्दै प्रचण्डले सिङ्गो राष्ट्र निर्वाचनमय बनेको बताएका छन्।
नेकपा एमाले ओखलढुंगाका अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउन शुक्रवार आयोजित कार्यक्रममा प्रचण्डल मुलुक अझै पनि सङ्कटमा भने रहेको बताए । उनले भने, देश अझै पनि सङ्कटमा छ।
दुर्घटना टरिसक्यो भन्ने अवस्था छैन,’ २३ र २४ भदौका घटनाहरू उल्लेख गर्दै उनले भने, ‘देशभरका जनताबीच दरो एकता पैदा गर्न सकिएन भने दुर्घटना रोक्न सकिँदैन।
अरूको मुख ताकेर र हेरर बस्ने अवस्था नरहेको भन्दै प्रचण्डले पार्टीलाई थप एकताबद्ध बनाउन आवश्यक रहेको बताए। जेनजी आन्दोलनपछिको सङ्कटपूर्ण समयमा आफू र माधवकुमार नेपालले दिएको सल्लाहअनुसार नै मुलुक चुनावमा गएको भन्दै उनले यतिबेला सिङ्गो देश चुनावमय बनेको बताए।
उनले भने,भदौ २६ गते मैले र माधवकुमार नेपालले रातभर छलफल ग¥यौं। देशलाई कसरी बचाउन सकिन्छ, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी समानुपातिक प्रतिनिधित्वलाई कसरी जोगाउन सकिन्छ भनेर हामी चिन्तित थियो। त्यसैअनुसार अन्तरिम सरकार बन्यो। अहिले सिङ्गै राष्ट्र निर्वाचनमय भएको छ । जनता व्यग्रताका साथ २१ फागुनको प्रतीक्षामा छन्।
