सरकार निर्वाचन सार्ने षड्यन्त्रमा लागेको छ: एमाले उपाध्यक्ष बादल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षड्यन्त्रमा रहेको बताएका छन्।

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले यस्तो आशंका गरेका हुन् ।

‘निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनु भएको छ’, थापाले भने, ‘केही दिनअघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो ।

उनले निर्वाचनमा अनेक षडयन्त्र गर्ने, दलहरूलाई विवादमा तान्ने, न्यायालयमा आफ्नो छाया पार्ने काममा सरकार तल्लीन रहेको पनि बताएका छन् ।