महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं।आगामी शुत्रबारदेखि थाइल्यान्डमा सुरू हुने एसीसी महिला एसिया कप राइर्जिङ स्टार्स खेल्न जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार एक कार्यक्रम आयोजना गर्दै टिमलाई बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा कप्तान पुजा महतोले यस पटक टोली सहभागितमा मात्र सीमित नभइ उपाधि जित्ने लक्ष्यमा रहेको बताइन्।

हालै नेपालमा सम्पन्न आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटकमा क्रममा कप्तान इन्दु बर्मा घाइते भएपछि पुजालाई कप्तानीको जिम्मेवारी दिइएको हो।

यसअघि पुजाले यू–१९ टिमको नेतृत्व गरिसकेकी छन्। मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली सन्तुलित र व्यवस्थित रहेको उल्लेख गर्दै विपक्षीलाई चुनौती दिन तयार रहेको उल्लेख गरे। अनुभवी खेलाडी रूबिना क्षेत्रीले यो प्रतियोगिता एक्सपोजरको राम्रो अवसर भएको र टोलीको तयारी राम्रो रहेकाले नतिजा ल्याउन सक्ने बताइन्।

फेब्रुअरी १३ देखि २२ सम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगितामा सहभागी ८ टिमलाई २ समुहमा विभाजन गरिएको छ।

नेपालले समुह ए मा भारत ए पाकिस्तान ए र यूएईसँग प्रतिस्पर्धा गर्नेछ। समूह बी मा आयोजक थाइल्यान्डसहित बंगलादेश ए, मलेसिया र श्रीलंका ए सामेल छन्। दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन्।

उद्धघाटन खेलमा नेपालले पाकिस्तान ए सँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्ने छ । नेपालले फेब्रुअरी १५ मा यूएई र १७ मा भारत ए को सामना गर्ने छ । प्रतियोगिताका दुवै सेमिफाइनल फेब्रुअरी २० र फाइनल खेल फेब्रुअरी २२ मा खेलिने