सुनको मूल्य घट्यो,तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा एक सय रुपैयाँले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा एक सय रुपैयाँले घटेर ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने ५० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी ५ लाख २५० रुपैयाँ कायम थियो।
