आज असार २९ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मेष- साझेदार तथा सहकर्मीको सुझाव लाभदायी रहनेछ । सामाजिक गतिविधिमा सक्रिय हुँदा पनि चुस्त व्यवस्थापनका कारण काममा असर पर्नेछैन। व्यक्तिगत कार्यमा सफलता मिल्नेछ भने पारिवारिक जिम्मेवारी बढ्नेछ । दाजुभाइ वा माइतीपक्षबाट सहयोग प्राप्त हुन सक्छ। मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ।

वृष- अचानक साथीभाइसँग भेटघाट हुने वा नयाँ अवसर प्राप्त हुने सम्भावना छ । प्रभावशाली संवादका कारण अन्तर्वार्ता, प्रस्तुति वा बैठकमा राम्रो छाप छोड्न सक्नुहुनेछ। अतिरिक्त आम्दानीले व्यक्तिगत चाहना पूरा गर्ने अवसर मिल्नेछ । नयाँ जिम्मेवारी प्राप्त हुने र प्रतीक्षित नतिजाले उत्साह थप्नेछ।

मिथुन- अनावश्यक महत्त्वाकाङ्क्षा र भ्रमले निर्णयमा असर पार्न सक्छ । घर परिवार र कार्यस्थलमा भने खुसीको वातावरण रहनेछ । आर्थिक क्षेत्रमा नयाँ रणनीति अपनाए सफलता मिल्ने सम्भावना छ। अधिकांश काममा नेतृत्वदायी भूमिका रहने भएपनि आफ्ना व्यक्तिगत आवश्यकतालाई पनि समय दिनु उचित हुनेछ।

कर्कट- अल्छीपन र शारीरिक थकानका कारण काममा ढिलाइ हुन सक्छ । मानसिक शान्ति र विश्राम आवश्यक देखिन्छ । खर्च बढ्ने सम्भावना भएकाले आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस् । साझेदारीमा काम गर्दा विशेष सतर्क रहनु उचित हुनेछ । भ्रम, चिन्ता र शङ्काले मन विचलित बनाउन सक्छ, त्यसैले लक्ष्यमा केन्द्रित रहनुहोस्।

सिंह- लाभदायी कामका लागि दौडधूप गर्नुपर्नेछ । प्रभावशाली व्यक्तिसँग सम्पर्क बढ्नेछ र प्रतिस्पर्धामा सफलता मिल्नेछ । घर जग्गासम्बन्धी कारोबार लाभदायी हुन सक्छ । सहकार्यमा काम गर्दा अरूमाथि पूर्ण रूपमा निर्भर हुनु उचित हुनेछैन । मधुर व्यवहारले सम्बन्ध अझ बलियो बन्नेछ ।

कन्या- वकिल, शिक्षक, प्राध्यापक, वक्ता तथा सञ्चारसँग सम्बन्धित व्यक्तिहरूका लागि दिन लाभदायी रहनेछ । लेखन, प्रकाशन, परामर्श, लेखा, वकालत, शेयर बजार तथा सूचना–प्रविधिसम्बन्धी क्षेत्रमा सफलता मिल्ने सम्भावना छ । केही दौडधूप भएपनि प्रतिष्ठा र व्यक्तित्व विकासमा उपलब्धि हासिल हुनेछ ।

तुला- भाग्यले साथ दिने दिन छ । सहकर्मी तथा प्रियजनलाई प्रोत्साहन गर्दा सम्बन्ध अझ बलियो बन्नेछ । कार्य क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुनेछ। धार्मिक वा सामाजिक सेवामा संलग्न हुँदा मनमा सन्तुष्टि मिल्नेछ । जीवनसाथीको सिर्जनशीलताबाट प्रेरणा प्राप्त हुनेछ । व्यस्तताबीच प्रेम र परिवारका लागि समय छुट्याउनु राम्रो हुनेछ।

वृश्चिक- काममा केही अवरोध आएपनि धैर्यपूर्वक गुणस्तर सुधारमा ध्यान दिनु उचित हुनेछ । आत्मविश्वासमा कमी आउन सक्ने भएकाले स्वास्थ्य र जिम्मेवारी दुवैतर्फ सचेत रहनुहोस् । अध्ययन तथा पेशागत क्षेत्रमा थप मेहनत आवश्यक देखिन्छ ।

धनु- मनोरञ्जन, स्वादिष्ट भोजन तथा रमाइलो गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ । आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्ने समय आएको छ । लुकेको सिर्जनशीलता उजागर हुनेछ । विवाह योग्य व्यक्तिका लागि नयाँ सम्बन्धको सम्भावना पनि देखिन्छ ।

मकर- सानातिना गल्तीले आलोचना खेप्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले काममा विशेष सावधानी अपनाउनुहोस् । जीवनसाथीसँगको सम्बन्धमा दूरी बढ्न नदिन संवादलाई प्राथमिकता दिनुहोस् । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले सतर्क रहनु उचित हुनेछ । मेहनतले प्रतिष्ठा र सम्मान दिलाउनेछ ।

कुम्भ- भावना र कल्पनामा हराउनेभन्दा नयाँ ज्ञान र सीप सिक्न समय दिनु उपयुक्त हुनेछ । प्रेम सम्बन्धमा एकअर्काको भावना बुझ्ने प्रयास गर्नुहोस् । सन्तान वा भाइबहिनीका लागि खर्च बढ्न सक्छ । आर्थिक निर्णय गर्दा विवेक प्रयोग गर्नु आवश्यक छ ।

मीन- घरायसी काममा व्यस्तता बढ्नेछ । अनावश्यक कुरामा अल्झिनुभन्दा लक्ष्यमा केन्द्रित हुनु राम्रो हुनेछ । गुरुजनको मार्गदर्शनले अनुभव र ज्ञान बढाउने अवसर मिल्नेछ। आमाको आशीर्वाद र परिवारको साथले सफलता प्राप्त हुनेछ । वैदेशिक यात्रा वा विदेशसम्बन्धी कार्य अघि बढाउन अनुकूल समय रहेको छ।