नेपाल टेलिकमको नाफा करिब १३ प्रतिशतले घट्यो
काठमाडौं । नेपाल टेलिकमको नाफा करिब १३ प्रतिशतले घटेको छ । टेलिकमले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा सार्वजनिक गरेको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६२ करोड १४ लाख १५ हजार (१२.९८ प्रतिशत)ले कम हो । टेलिकमले चालु आवको ६ महिनामा कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार गरेको थियो ।
यस आय आव २०८१÷८२ को सोही अवधिको कुल सञ्चालन आय १७ अर्ब ४९ लाख २५ हजार थियो । यस्तो आय गत वर्षको तुलनामा यो वर्ष २९ करोड ४८ लाख ०५ हजार ९१.७३ प्रतिशत०ले कम हो ।
यो वर्षको दोस्रो त्रैमासिकसम्म कुल आय १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कुल आय १९ अर्ब ५१ करोड ९२ लाख ६६ हजारको तुलनामा २९ करोड २० लाख रुपैयाँ (१.५ प्रतिशत)ले कम हो ।
टेलिकमले चालु आवको दोस्रो त्रैमासिकसम्म कर अघिको मुनाफा ५ अर्ब ९१ करोड ४३ लाख रहेको छ । उक्त रकम गत आव को सोही अवधिको कर अघिको मुनाफा ६ अर्ब १९ करोड ९० लाख ३८ हजारको तुलनामा २८ करोड ४७ लाख ३८ हजार रुपैयाँ (४.५९ प्रतिशत) ले कमी भएको देखिएको छ ।
चालु आवको दोस्रो त्रैमासिकसम्म खुद मुनाफा ४ अर्ब १६ करोड ४५ लाख ०९ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिको खुद मुनाफा ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार रुपैयाँ थियो यो अवधिसम्ममा टेलिकमको प्रति शेयर आम्दानी ४६.२७ रहेको छ ।
किन घट्यो नाफा
मोबाइल सेवामा आधारित ओभर दि टप (ओटीटी) सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेको छ । जसका कारण अन्तरआवद्धता आयमा गत आवको दोस्रो त्रैमासिकसम्मको तुलनामाकरिब ८ करोड ०५ लाख ९८ हजार रुपैयाँ (६.१४ प्रतिशत) ले कम भएको देखिएको छ। साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस÷एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको टेलिकमको भनाइ छ ।
लगानीमा भएको मूल्य परिवर्तन तथा ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा गत आव को दोस्रो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब ७४ करोड ६३ लाख ८३ हजार रुपैयाँ (३२ प्रतिशत) ले घटेको देखिएको छ।
राष्ट्रको संचार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको पनि टेलिकमको भनाइ छ।
सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्व उल्लेख्य वृद्धि हुन नसकेको टेलिकमको भनाइ छ।
कर्मचारीको सवाधिक बीमाको बीमांक रकम वृद्धि भएकोले कर्मचारी बीमा खर्च बढेको तथा कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको दायित्व हिसाबको गणनाको लागि प्रयोग भएको डिस्काउन्ट रेट ७.५५ बाट ७५ भएकोले कर्मचारीको पेन्सन तथा उपदान खर्च बढेको हुँदा समग्रमा गत आवको दोस्रो त्रैमासिकसम्मको तुलनामा कर्मचारी खर्चमा ११.५५ले वृद्धि भएको उल्लेख छ।
विदेशी मुद्राको सटही दरमा भएको परिवर्तनका कारण बिदेशी मुद्र सटही नाफा गत आबको दोस्रो त्रैमासिकसम्मको तुलनामा १५०५ ले वृद्धि भएको। कम्पनीको लेखा नीति अनुसार जिन्सी मौज्दातमा आवश्यक खर्च व्यवस्था थप गरिएकोले इम्पेयरमेन्ट खर्चमा गत आव को दोस्रो त्रैमासिकसम्मको तुलनामा १८.३५ करोड रुपैयाँले वृद्धि भएको छ।
चालु आवको दोस्रो त्रैमासिकसम्मको चालु कर गत आवको दोस्रो त्रैमासिकसम्मको चालु कर भन्दा ५५.५६५ ले वृद्धि भएको। गत आवको चालु कर विगतको करयोग्य नोक्सानी समायोजन गरी गणना गरिएको हुँदा कमी देखिएको पनि टेलिकमको भनाइ छ।
