म र माधवजीले देशलाई यूक्रेन हुनबाट बचायौं: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनलगत्तै आफू र माधव नेपालले सहजीकरण गरेकाले देश ठूलो राजनीतिक दुर्घटनाबाट जोगिएको जिकिर गरेका छन् ।
बागलुङको बुर्तिबाङमा कार्यकर्तासँगको संवादमा बोल्दै प्रचण्डले तत्कालीन समयमा अन्तरिम सरकार र चुनाव नै विकल्पको रूपमा देखिएकाले आफूहरूले सहजीकरण गरेको बताए ।
सतही रूपमा हेर्दा जेन–जी आन्दोलन जलाउने र लुट्नेमात्र देखिएको भए पनि भित्रिरूपमा संविधान नै खारेज गराई कठपुतली सरकार बनाइ नेपाललाई युक्रेनजस्तो बनाउने मिसनले चलाइएको आफूहरूले थाहा पाएको उनको दाबी छ । साथै उनले राष्ट्र ठूलो संकटमा परेको नजिकबाट नियालेको पनि बताए ।
‘त्यसबेला समाधानका लागि विकल्पका रूपमा अन्तरिम सरकार र निर्वाचन नै हुने देखियो। म र माधव नेपालले सहजीकरण ग¥यौँ । हामीले विवेक नपु¥याको भए। त्यो बेला जलाउने, लुट्ने त थियो नांगो आँखाले देख्यौँ । संविधान खारेज, राष्ट्रपति संस्थालाई खारेज गराई कठपुतली सरकार बनाएर युक्रेनजस्तो बनाउने मिसन थियो भन्ने हामीले थाहा पायौँ । त्यो सफल भएको भए अझ दुर्घटना हुन्थ्यो त्यसबाट बचाउन हामीले सहजीकरण ग¥यौँ,उनले भने।
उनले संविधान बचाउन सफल भए पनि केही भने घाइते भएको बताए । साथै राष्ट्रपति संस्था बचाउन सकिएको प्रचण्डले सुनाए । सुरूमा यो चुनावतिर देश जाने हो कि हैन भन्ने शंका भएपनि अब पूरै मुलुक र जनता चुनावमा होमिएको दाहालको भनाइ छ।
