विपक्षीलाई गाली नगरेर चुनावी प्रतिस्पर्धामा होमिन विश्वप्रकाश शर्माको निर्देशन

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरि चूनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

बिहीबार रुपन्देहीमा आयोजित निर्वाचन केन्द्रीत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले प्रतिष्पर्धाका नाममा दुश्मनीको खडा गरेर वा विपक्षीलाई गाली गरेर नभइ कांग्रेसले अघि सारेका एजेण्डाका आधारमा चूनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्।

नेपालका सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र आवश्यक कानूनहरु बनाउने कामका लागि बदलिएर आएको कांग्रेसले देशको नेतृत्व गर्ने गरि पार्टीलाई पहिलो दलको रुपमा स्थापीत गराउनुपर्ने उनले बताए। शर्माले चुनाव जित्नका लागि यसअघि कांग्रेसले गरेका कामहरु नै प्रयाप्त रहेको दावी गरे।

नयाँ सोचका साथ निर्वाचनमा जादैगर्दा राजनीतिक रुपान्तरणको सन्देश दिनसक्नुपर्ने उनको भनाइ छ।