संविधान र देश जोगाउन कांग्रेसलाई भोट हाल्नुपर्छ: गगन थापा

सुनसरी। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, व्यवस्था र देश जोगाउन पनि कांग्रेसलाई भाट हाल्नुपर्ने बताएका छन्।

चुनावी अभियानकै क्रममा सुनसरी–४ पुगेका थापाले कांग्रेस बाहेकका दलहरुलाई मत हालेर संविधानले दिएका अधिकारहरु जोगाउन नसकिने बताएका हुन्।

यो निर्वाचनको परिणामबाट प्राप्त गर्ने शक्तिको आधारमा संविधान पनि जोगाउनुछ, व्यवस्था पनि जोगाउनुछ, देश पनि जोगाउनुछ,’ उनले भने,संविधानले दिएको अधिकारहरु जोगाउन कांग्रेस बाहेकक आजको मितिमा अरु कुनैपनि पार्टीले सक्दैनन्।

बदलिएको कांग्रेसले गरेको संकल्पलाई जनताले विश्वास गर्ने पनि उनले बताए। ‘देशका सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस हो, त्यसमा हामी गौरव गर्छौ,’ सभापति थापाले भने, ‘देशको सवैभन्दा नयाँ सोच भएको पार्टी पनि कांग्रेस हो।