टी-२० विश्वकपमा आज तीन खेल हुँदै
काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदै छन् ।आज पहिलो खेल समूह बी अन्तर्गत अस्ट्रेलिया र जिम्बाबेबीच खेल हुँदै छ। श्रीलङ्काको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि सुरु हुँदै छ ।
जारी विश्वकपमा अस्ट्रेलिया र जिम्बाबे दुवैले आफ्नो पहिलो खेल जितेका छन् । सुपर आठको दौडमा दुवैका लागि यो खेलमा जित महत्त्वपूर्ण रहेको छ ।
त्यस्तै आज दोस्रो खेल समूह डी अन्तर्गत क्यानडा र युएईबीच हुँदै छ । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३;१५ बजेदेखि सुरु हुँदै छ । जारी विश्वकपमा युएई र क्यानडा दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन्।
त्यसैगरी आज तेस्रो खेल समूह ए अन्तर्गतको नेदरल्याण्डस र अमेरिकाबीच हुँदै छ । भारतको चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७; १५ बजेदेखि सुरु हुँदै छ । जारी विश्वकपमा नेदरल्याण्डसले २ खेलमा २ अङ्क हासिल गरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ।
