आज फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष- व्यवसायिक काममा खर्च बढ्ने देखिन्छ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। सेवामूलक कार्यले प्रतिष्ठा दिलाउनेछ। अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि राम्रोसँग विचार गर्नुहोला। समय मध्यम रहनेछ। एकपछि अर्को अवसर प्राप्त हुँदा मन प्रसन्न रहनेछ। आफन्त तथा साथीभाइबाट सहयोग र हौसला मिल्नेछ।
वृष- आज आयआर्जन राम्रो रहनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। उद्योग र व्यापारमा लाभ मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धीलाई सहजै पराजित गर्न सकिनेछ । मनोरञ्जनमा समय बित्नेछ भने टाढाको यात्रा पनि सम्भव देखिन्छ।
मिथुन- पढाइ लेखाइमा पर्याप्त समय दिन नसकिएला । सहयोगीहरूमा भर पर्दा सबै काम सम्पन्न नहुन सक्छन्, तर आर्थिक लाभ हुने संकेत छ । कृषि तथा चौपायामा केही समस्या देखिएपनि धन आर्जनको अवसर मिल्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । गरिरहेको काममा जाँगर बढ्नेछ र व्यापार व्यवसायमा लाभ मिल्नेछ।
कर्कट- स्वास्थ्य कमजोर रहन सक्ने भएकाले काम सम्पन्न गर्न कठिनाइ हुन सक्छ । समयमा काम पूरा नहुँदा अवसर गुम्न सक्छ । छर छिमेकमा विवादको सम्भावना रहेकाले सावधान रहनुहोला । धन हराउने वा खर्च बढ्ने योग छ । श्रमको उचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा देखिन्छ।
सिंह- व्यापार व्यवसायमा राम्रो लाभ हुने समय छ । आम्दानी बढ्नेछ र परिवारका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने चिन्ताले मन अशान्त रहन सक्छ। हतारमा बाचा गर्दा दुःख पाइने सम्भावना छ । मान सम्मानमा ठेस पुग्न सक्छ । भ्रमणमा समय व्यर्थ जाने देखिन्छ । साना काममै समय बित्न सक्छ।
कन्या- प्रेम र मित्रताको सम्बन्ध सुदृढ हुनेछ। दाम्पत्य सुख प्राप्त हुनेछ । सहयोग तथा उपहार पाइने सम्भावना छ । सानो प्रयासले ठूलो काम सम्पन्न हुनेछ। परोपकारजन्य कार्यमा समय बित्नेछ। मंगलमय कार्य सम्पन्न गर्ने अवसर मिल्नेछ । तीर्थ यात्राको सम्भावना पनि देखिन्छ।
तुला- सुख दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । परिवारको साथले नयाँ आशा जाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु राम्रो हुनेछ । पशुपालन र कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ । दिन सामान्य रहनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने अवसर मिल्नेछ । रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ जिम्मेवारी हात पर्न सक्छ।
वृश्चिक- मुख्य काममा बाधा देखिन्छ । घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिनाइ हुन सक्छ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ । आँटेका काम समयमा पूरा नहुन सक्छन् । पढाइ लेखाइमा ध्यान कम जानेछ । धेरै लगानीपछि कम प्रतिफल मिल्ने सम्भावना छ।
धनु- समस्या प्रति गम्भीर नभए अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । सहयोगीहरूले साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ । काम बिग्रने डरले सताउन सक्छ।
मकर- लाभदायक काम सुरु गर्ने समय छ । साझेदारीबाट राम्रो फाइदा हुनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बन्ने संकेत छ। नसोचेको स्थानबाट धन प्राप्त हुन सक्छ । अरूका विषयमा अनावश्यक चासो राख्दा विवादमा परिन सक्छ । असावधानीले धन खर्च हुन सक्छ।
कुम्भ- बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउने व्यक्तिबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न हुन सक्छ । पेट सम्बन्धी समस्या देखिन सक्छ। आफ्ना विषयमा अरूले हस्तक्षेप गर्न सक्छन्। नगरेको गल्तीको सजाय भोग्नुपर्ला । सरकारी कडाइको सामना गर्नुपर्ने सम्भावना छ।
मीन- सवारी चलाउँदा सावधानी अपनाउनु होला । लेनदेन सम्बन्धी विवादले समस्या निम्त्याउन सक्छ । पुरानो रोग बल्झिन सक्छ । अरूका लागि श्रम र बुद्धि खर्च गर्नुपर्ने देखिन्छ । आश्वासन दिने व्यक्तिले झुक्याउन सक्छन् । अध्ययनमा कमजोरी र आर्थिक विवाद हुन सक्छ । व्यवसायिक काममा पनि केही समस्या देखिन सक्छ।
