आज फागुन ०२ गते शनिबार,यस्तो छ तपाईको राशिफल
मेष- आत्मीयजनसँग भेटघाट हुनेछ । रोकिएका घरेलु कामहरू क्रमशः सम्पन्न हुनेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ । केही दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ भने बिछोडिएका परिवारजनसँग पुनः भेटघाटको सम्भावना छ । पुरानो रोगले सताउन सक्छ। अघिल्ला कमजोरी सुधार गर्ने अवसर मिल्नेछ।
वृष- भौतिक साधनमा समस्या आउँदा लक्ष्य प्राप्तिमा बाधा पर्न सक्छ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा बढी केन्द्रित भइनेछ । बोलीको गलत अर्थ लाग्न सक्ने भएकाले वाणीमा संयम अपनाउनुहोस् । नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू प्रशस्त भेटिनेछन् । धन आर्जनको राम्रो योग छ।
मिथुन- विगतका सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ अवसर प्राप्त हुनेछ । प्रेरणा दिने व्यक्तिहरू भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुने र नयाँ ज्ञान हासिल गर्ने योग छ । आम्दानीका स्रोत बढ्नेछन् र दीर्घकालीन फाइदा मिल्ने सम्भावना छ । अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ।
कर्कट- रचनात्मक कार्य सुरु गर्ने अनुकूल समय छ । रमाइलो जमघट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ । पशुपालन तथा कृषिबाट लाभ प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ । अघिल्लो सफलताले थप हौसला जगाउनेछ।
सिंह- समस्याका कारण केही झमेला आउन सक्छ। दाम्पत्य सम्बन्धमा असमझदारी बढ्न सक्छ । मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। बौद्धिक जमातलाई आकर्षित गर्ने कार्य सम्पन्न हुनेछ । खर्च बढ्ने र आलस्य जाग्ने संकेत छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ।
कन्या- उद्योग तथा व्यापारमा सामान्य लाभ हुनेछ । सहयोगीहरूको साथ कमजोर हुँदा केही चुनौती थपिन सक्छ। जटिल काम सम्पन्न हुँदा उत्साह र पराक्रम बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ र सोचेजस्तै काम सम्पन्न हुनेछ । अघिल्ला कमजोरी सुधार गर्ने अवसर मिल्नेछ।
तुला- तपाईंका विचारले धेरैलाई आकर्षित गर्ने समय छ । प्रशंसक र सहयोगीहरू बढ्नेछन् । ठूलाबडाको आशीर्वादले रोकिएका काम पूरा हुन सक्छन् । उपहार प्राप्त हुने योग छ । आकर्षक पहिरनले व्यक्तित्व निखार्नेछ । रमाइलो जमघटको अवसर मिल्नेछ।
वृश्चिक- परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट प्राप्त धनको सदुपयोग गर्दा लाभ मिल्नेछ। स्वास्थ्य सबल रहनेछ र काममा सफलता मिल्नेछ । मेहनतले सम्मान दिलाउनेछ । अप्रत्याशित स्थानबाट धन लाभ हुन सक्छ।
धनु- चोरी वा ठगीको जोखिम भएकाले आर्थिक कारोबारमा सतर्क रहनुहोस् । सामाजिक क्षेत्रमा नेतृत्व अवसर प्राप्त हुनेछ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ हुने सम्भावना छ।
मकर- गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य हासिल गर्न सकिनेछ । प्रतिस्पर्धाले उत्साह बढाउनेछ । आर्थिक अवस्था सुदृढ हुनेछ । कानुनी वा प्रतियोगितात्मक क्षेत्रमा सफलता मिल्नेछ । आम्दानी वृद्धि र उपहार प्राप्तिको योग छ।
कुम्भ- टाढिएका आफन्त नजिकिनेछन् । घरमै बसेर महत्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ। मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ । पारिवारिक सुख र अध्ययन क्षेत्रमा प्रगति हुनेछ । कृषि कर्म र व्यवसायमा लाभ हुने संकेत छ।
मीन- अनावश्यक दौडधुपले समय खर्च हुन सक्छ । समय व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। टाढाको यात्रा सम्भावित छ तर आवश्यक नभएमा टार्नु राम्रो हुन्छ । वाणीको प्रभाव बढ्नेछ र अभिव्यक्ति निखार्ने अवसर प्राप्त हुनेछ।
