ओलीको टिप्पणी: अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन

भद्रपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनिनसकेको बताएका छन्।

काठमाडौंबाट झापाका चुनावी कार्यक्रमका लागि आइतबार आउने क्रममा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको बताए।

उनले भद्रपुर विमानस्थलमा पत्रकारसँग बोल्दै अझै पनि ढुक्कको वातावरण बनिनसकेको जनाएका हुन्। यसबारे अन्तरिम सरकारले धेरै कुरा जान्नु पर्नेसमेत उनले बताएका छन्।

यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नं.५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गरेका थिए।

यस पटक अध्यक्ष ओलीको भेटघाट दमकमा केन्द्रित हुने छ। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं.५ बाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री ओली २०४८ सालको निर्वाचनदेखि नै यही भूगोलबाट निर्वाचित हुँदै आएका छन्।