टी-२० विश्वकप: वेस्ट इन्डिज सुपर ८ मा,तीन हारपछि नेपाल बाहिरियो

काठमाडौं। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ।

लगातार तीन जितपछि वेस्ट इन्डिज सुपर ८ मा पुग्ने पहिलो टिम बन्दा लगातार तीन हार बेहोरेको नेपाल समूह चरणबाट बाहिरिने दोस्रो टोली बन्यो। नेपाल यसअघि इंग्ल्यान्ड र इटलीसँग पराजित भएको थियो।

समूह सी मा वेस्ट इन्डिजले अपराजित रहँदै ६ अंक जोडेर शीर्ष स्थानमा छ। दुई जित र एक हारबाट इंग्लयाण्ड ४ अंकसहित दोस्रो स्थानमा छ। समान २ अंक जोडेका स्कटल्याण्ड र इटली क्रमश तेस्रो र चौथो स्थानमा छ। अब वेष्ट इन्डिज र इंग्लयाण्डले इटलीसँग खेल्न बाँकी छ। यस्तोमा इटलीलाई हराएमा इंग्ल्याण्ड सुपर एटमा पुग्नेछ। इटलीका लागि भने सुपर ८ पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ।

नेपाल लगातार तीन हारपछि यस समूहमा अंकविहिन छ। अब मंगलबार स्कटल्याण्ड विरुद्ध हुने अन्तिम खेलमा नेपालका लागि प्रतिष्ठाको लडाईँ मात्र हुनेछ।

नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो। वेस्ट इन्डिजका लागि कप्तान शाई होपले ४४ बल खेल्दै ५ चौका र ३ छक्का मदतमा अविजित ६१ रन बनाए। शिमरोन हेतमायरले ४३२ बल मा ४ चौका र २ छक्का मदतमा अविजित ४६ रन बनाए । दोस्रो विकेटका लागि होप र हेतमायरले अविजित ९१ रनको साझेदारी गरे।

पहिलो विकेटका लागि कप्तान शाई होप र ब्राण्ड किङले ४३ रनको साझेदारी गरेका थिए। ब्राण्डन किंङले १७ बलमा २२ रन बनाए।

नेपालका लागि बलिङमा नन्दन यादवले १ विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

नेपालले ब्याटिङमा कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा हेर्न लायक स्कोर बनाएको थियो ।

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ३ चौका र ३ छक्का मदतमा सर्वाधिक ५८ रन बनाए । 

दीपेन्द्रले १९औं ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक पूरा गरेका थिए । यस क्रममा उनले ३ चौका र २ छक्का हाने ।

दीपेन्द्र टी२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ को मा नेपालले टी२० विश्वकपमा सुबास खकुरेलले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

यस विश्वकपमा पहिलो खेल खेलिरहेका सोमपाल कामीले अविजित २६ रन बनाए । उनले १५ बल खेल्दै ४ चौका समेत प्रहार गरे ।

सातै विकेटका लागि दीपेन्द्र र सोमपालले ५४ रनको साझेदारी गरे । यो नै नेपाली इनिङ्सको उच्च साझेदारी हो । यस्तै छैटौं विकेटका लागि दीपेन्द्रले गुल्सन झासँग २७ रनको साझेदारी गरे । यही दुई साझेदारीले नेपालको स्कोर हेर्नलायक बनेको थियो ।

यस बाहेक लोकेश बमले १५ बलमा १३ र ओपनर आसिफ शेखले १० बल र गुल्सन झाले १३ बलमा समान ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन संघर्ष गर्नुपर्‍यो ।

नेपालले वेष्ट इन्डिज विरुद्ध ६ ओभरको पावर प्लेमा ३ विकेट गुमाएर जम्मा २२ रन मात्र बनाएको थियो । टी(२० विश्वकपमा नेपालको पावर प्लेमा सबैभन्दा कम स्कोर हो । यसअघि सन् २०२४ मा बंगलादेश विरुद्ध २४(४ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेल लगातार दोस्रो खेलमा सिंगल डिजिटमा आउट भए । उनलाई पहिलो ओभरमै वेष्ट इन्डिजका अकिल होसेनले बोल्ड गरेका थिए ।

त्यसपछि रोहित पौडेल ५, आसिफ शेख ११, आरिफ शेख २ र लोकेश बम ११ रनमा आउट हुँदा नेपालले ४६ रनमै ५ विकेट गुमाएर संघर्ष पूर्ण अवस्थामा थियो । तर त्यसपछि दीपेन्द्रले गुल्सन झासँग मिलेर नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरे। गुल्सन पनि ११ रनमा आउट भएपछि दीपेन्द्र र सोमपाल मिलेर अर्धशतकिय साझेदारी गरेपछि नेपालले स्कोर बढाएको थियो।

दीपेन्द्र अन्तिम ओभरमा आउट हुनुअघि सोपमलासँग ५४ रनको साझेदारी गरेका थिए। बलिङमा वेस्ट इन्डिजका जेसन होल्डरले ४ तथा अकिल होसेन, म्याथ्यु फोर्डे, शमार जोसेफ र रोस्टन चेसले १-१ विकेट लिए ।

यसै खेलबाट सोमपाल कामी नेपालको लागि तीन टी२० विश्वकप खेल्ने एक मात्र खेलाडी बने । उनले पहिलो इनिङ्समा आठौं नम्बरमा ब्याटिङ गरेका थिए ।