ओलीको दाबी-नेपालमा पनि बङ्गलादेशको जस्तै चुनावी परिणाम आउँछ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल पनि बङ्गलादेशको जस्तै चुनावी परिणाम आउने दाबी गरेका छन् । आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपालमा पनि निर्वाचनको परिणाम बङ्गलादेशको जस्तै आउने बताएका हुन्। बङ्गलादेशमा आन्दोलनबाट आएको दलले ६ सिट मात्रै जितेको थियो । चुनावमा प्रतिस्पर्धा गरेका पुरानै दल बलियो भएर आएका थिए।

चुनावी अभियानका लागि उनी काठमाडौंबाट आइतबार झापा फर्किएका हुन् । उनी झापा-५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छन्।

केही दिन काठमाडौं बसेर फेरि आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका ओलीले मतदाता भेट्ने र गुनासो सुन्ने बताए । अबका केही दिन आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने उनको तयारी छ ।

ओलीले अब चुनाव हुने आशा बढेको बताए । ‘चुनावको वातावरण सरकारले बनाउने हो । हामी यसै भन्न सकेनौँ, ओलीले भने,चुनाव हुन्छ भन्ने ठान्छौँ अब हामी । चुनाव भएमा आफ्नो पार्टी सहभागी हुने उनको भनाइ थियो। ‘चुनाव हुने भए हामी भाग लिन्छौँ, ओलीले भने ।