नागढुंगा–मलेखु सडकखण्डमा कालोपत्रेको काम तीव्र

फाइल तस्वीर

काठमाडौं। पृथ्वी राजमाग अन्र्तगत नागढुङ्गा–मलेखु सडक कालोपत्रको काम तीव्र पारिएको छ। हालसम्म ११ किलोमिटर कालोपत्र गरी सकिएको छ।

गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो। थप ठाउँमा कालोपत्रको काम तीव्र पारिएको छ।

विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो। समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म ४० प्रतिशत प्रगति भएको छ। सो सडकको कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र गरिसकिएको छ।

फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखेर कालोपत्रको अन्तिम तयारी गरिएको उनले जानकारी दिए। शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाखमा स्तरोन्नतिको ठेक्का लिएको हो। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड विश्व बैंकको सहयोगमा निर्माण भइरहेको हो।