सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुन तोलामा तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर तोलामा ४ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।
