१६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न नेपालको प्रस्ताव
काठमाडौं। नेपाल सरकारले नेपाली श्रमिकका निम्ति राम्रो आयआर्जन र मानव अधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तीव्र पारेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएसिया, माल्टालगायत १६ युरोपेली मुलुकसँग श्रम सम्झौताका निम्ति औपचारिक प्रस्ताव पठाएको छ। श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेले राम्रो वातावरण भएका देशमा नेपालीलाई रोजगारीका निम्ति पठाउन श्रम सम्झौताका निम्ति गृहकार्य भइरहेको बताए।
परराष्ट्र मन्त्रालय र नेपालका सम्बन्धित दूतावासहरूले पनि यी मुलुकसँग छलफल तथा पहल अघि बढाइरहेका छन्। सम्झौताको खाका र अनुरोधसहित प्रस्ताव पठाइएको बताउँदै उनले छिट्टै परिणामुखी सम्झौता हुने बताए।
हाल क्रोएसिया, माल्टासहितका देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपाली गएका उनले जानकारी दिए। क्रोएसिया, माल्टासहितका १६ वटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइएको छ । जहाँ व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरू गएका पनि छन्, उनले भने, “ती देशसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइएको छ ।
पछिल्ला वर्षमा युरोपेली मुलुकहरू विशेष गरी रोमानिया,क्रोएसिया,पोल्यान्ड,माल्टा,साइप्रस,पोर्चुगल नेपालीका निम्ति वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बनेका छन् ।
