प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्छौँः गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्ने बताएका छन् ।
कांग्रेसको चुनावी प्रतिज्ञामा सवालजवाफ कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले अब कांग्रेसले संवैधानिक आयोग, विश्व विद्यालयलगायतमा दलीय भागबन्डा नखोज्ने बताए ।
उनले ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प गरे । ०४८ सालपछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने प्रस्ताव अघि सारे।
