अब नियुक्तिमा दल होइन,अब्बल खोज्छौँ: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले अब सरकारी नियुक्तिमा राजनीतिक व्यक्तिलाई नभई सक्षम व्यक्तिलाई प्राथमिकता दिइने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले नेपाली कांग्रेसले नियुक्तिमा अब दल होइन, अब्बल खोज्ने बताएका हुन्।

उनले अब नियुक्ति पाएपछि शपथ लिनु पूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था अनिवार्य गर्ने बताए।

नियुक्तिको शपथ लिनु पूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्ने विषय हामीले हामीले अनिवार्य गर्छौँ,थापाले भने। उनले नागरिकले पाउने सेवा कार्यालय केन्द्रित होइन, नागरिक केन्द्रित बनाउने पनि बताए।