स्थानीयले कुटे गाउँपालिका अध्यक्ष

सांकेतिक तस्वीर

काठमाडौं। फेटा गाउँका आक्रोशित स्थानीयहरूले पालिका अध्यक्षलाई कुटपिट गरेका छन्। फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीलाई स्थानीय शुक्रबार कुटपिट गरेका हुन्।

बिहीबार राति फेटा गाउँमा जन्तीमा दुई समुदायका युवाहरू बिच झडप भएको थियो। राति भएको झडपमा कुटिएका पीडितहरू न्यायका लागि अध्यक्ष अन्सारीसँग जाँदा उल्टै उनले आफ्नो समुदायका युवाहरूको समर्थन गरेको आरोप फेटाका पूर्वअध्यक्ष अमिरीलाल साहले लगाएका छन्।

गाउँमा आएका जन्तीहरूका साथै स्थानीयहरू समेट कुटिएको र कुट्नेलाई छलफलमा बोलाएर सोध्न भन्दा अध्यक्षले ुतपाईँहरूले नै बोलाएर सोध्नुस्ु भनेर आफ्ना समुदायका युवाहरूलाई बँचाउन खोजेको आरोप उनले लगाए।

पालिका अध्यक्ष जस्तो व्यक्तिले गल्ती गर्ने आफ्न समुदायका युवाहरूलाई बँचाउन खोजेको देखेर छ्लफलमा बसेकाहरू पीडित स्थानीयहरू आक्रोशित भइ अध्यक्ष रुस्तमलाई नै कुटपिट गरेको उनले बताए। स्थानीयहरूले कुटपिट गर्ने थालेपछि अध्यक्ष अन्सारी भागेर घरमा गइ लुकेका थिए। घरमा लुकेपछि त्यहाँ पनि स्थानीयहरूले घेरा हालेर बसेका थिए।

जिल्लाबाट गएको सुरक्षाको संयुक्त कमाण्डले अध्यक्ष अन्सारीलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालय कलैया लिएर आएको बाराको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवरले बताएका छन्।

‎गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले आफूमाथि अनावश्यक आरोप लगाएर फेटाको सद्‍भाव बिगार्न खोजेको आरोप लगाए।