सरकारले दियो निर्वाचन लक्षित तीन दिन सार्वजनिक बिदा

काठमाडौं। सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

निर्वाचन आयोगले मतदानमा बढीभन्दा बढी सहभागिता जुटाउन ३ दिन बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो।