जलेको घर हेर्न पहिलो पटक पुगिन् विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा जलेर ध्वस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन्। बिहीबार बिहान बुढानीलकण्ठ–२ पुगेर पूर्वराष्ट्रपति भण्डारीले जलेको घरको संरचनाको अवलोकन गरेकी हुन् ।
भदौ २३ गते प्रहरी दमनबाट १९ युवाहरु मारिएपछि उग्र बनेको प्रदर्शनकारीले त्यसको भोलिपल्ट २४ गते सरकारी तथा निजी संरचना जलाउँदा भण्डारीको निवास पनि जलाएका थिए ।
निवासमा आगलागी भएपछि भदौ २४ गते नै उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका थिए । त्यसयता उनी बालुवाटारस्थित छोरीको निवासमा बस्दै आएकी छन्।
