सिरहामा मौन अवधिमा घरमै शान्तिपूर्वक होली मनाउन प्रशासनको आग्रह

सिरहा। मौन अवधिमा घरमै शान्तिपूर्वक होली मनाउन प्रशासनको आग्रहजिल्ला प्रशासन कार्यालय सिरहा ले प्रतिनिधिसभा निर्वाचनको मौन अवधिलाई ध्यानमा राख्दै यस वर्षको होली पर्व घरमै शान्तिपूर्वक मनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ले फागुन २१ गते हुने निर्वाचनको मर्यादा कायम राख्न भीडभाड, होहल्ला तथा अनावश्यक सवारी साधन सञ्चालन नगर्न आग्रह गरेका छन्।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ। मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी चलाएमा कडा कारबाही गरिने चेतावनी दिँदै त्यस्ता सवारी साधन मत परिणाम सार्वजनिक नभएसम्म नियन्त्रणमा राखिने बताइएको छ।

निर्वाचन सुरक्षाका लागि जिल्लाभर ६ हजार ७५७ सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ।