सामाजिक सञ्जालमा भ्रम फैलाउने भिडियो र तस्बिर पोस्ट नगर्न यूएई दूतावासको आनुरोध
काठमाडौं। यूएईको अबुदाबीस्थित नेपाली राजदूतावासले सुरक्षा स्थितिको बारे भ्रम फैलिने किसिमको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गरेको छ।
पछिल्लो २४ घण्टामा दोस्रो एडभाइजरी जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो । यूएईमा विकशित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जालमा कुनै अज्ञात स्रोतबाट आएका सामग्री पोस्ट नगर्न अनुरोध गरेको हो।
यस्ता कार्य कानून बमोजिम दण्डनीय हुने भन्दै दूतावासले यो चेतावनी आधिकारिक निकायबाट जारी भएकोसमेत प्रष्ट पारेको छ।
विकसित परिस्थितिको बारेमा सही जानकारीका लागि यूएईका आधिकारीक निकायले सार्वजनिक गरेका सूचना हेर्नसमेत अनुरोध गरिएको छ।
