मैले जिते एमसीसी खारेज हुन्छ: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूले निर्वाचन जिते एमसीसी र एसपीपी आयोजना खारेज गर्ने बताएका छन्।

उनले एमसीसीबाट नेपालले पैसा लिएको भए पनि फिर्ता गर्ने बताएका छन्। उनले यसरी देशलाई युद्धभूमि बन्नबाट जोगाउने दाबी गरेका छन्।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’एमसीसी खारेज गर्नेछौँ, पैसा लिएका रैछन् भने फिर्ता गर्नेछौँ,एसपीपी लागु गर्ने छैनौँ,देश युद्धभूमि बन्नबाट जोगाउनेछौँ , मलाई विश्वास गर्नु,जय श्रम संस्कृति।