जाग नेपाली जाग

“महान राष्ट्र त्यो राष्ट्र हो जसले आफ्ना नायकहरूको सेवाको सगर्व सम्मान गर्छ”
– प्रथम राष्ट्रपति सोकार्नो (इन्डोनेसिया)
मान्छे सामाजिक प्राणी भएर चेतनशिल भए पनि समयानुकुल मनोरन्जन गरेर आत्मसन्तुष्टि लिनै पर्छ । तार्किक, स्पष्ट र Sense of humor भएको व्यक्तिले आफनो समुहलाई नै उत्प्रेरणा जगाएर सामुहिक लक्ष्य हासिल गर्न सफल हुन्छ । त्यसैले हसाउनु, रमाउनु स्वस्थ उत्कृष्ट कला हो । कलाकारिताले समाजको संवेदना वुझ्न पर्छ र जनतामा चेतना जगाउन पर्छ । दक्ष कलाकारको कलाकारितामा विवाद गर्नु मुर्खता हो, राम्रोलाई राम्रो भन्ने थिति हरेक नेपालीले वसाउनुपर्छ ।
हालैको Comedy night with Champions मा आतिथिको रुपमा महेश वस्नेतको आगमन हुदा नक्कली सुदन गुरुंगको अभिनय धेरै नै तारिफ योग्य थियो । पृथ्वी नारायण शाहले विश्वास गरेको पुस्ता, देशको माटोमा भिजेको महेश वस्नेत, देशको पहिलो कान्छो गाविस नेता र नया प्रदुषित शहरमा श्वास प्रस्वास लिएको सुदनमा मतभेद हुन सामान्य कुरा नै हो, उनीहरुको देश समुदायप्रति सोच नितान्त फरक नै छ।
महेश वस्नेतको उदयले माओवादीको YCL सीमित घेरामा अटायो, उधोगले संरक्षण पायो । भलै उनी टर्रा लाग्लान तर समाज सुरक्षित गरी सन्तुलन गर्न उनले कालकुट विष पिएर अलोकप्रिय भएको घटनाप्रति नेपाली जनता एकदिन कृतज्ञ हुनैपर्छ । जनतामा आश र सास भर्ने विशाल छाति भएको स्पष्ट, निडर र जुझारु नेता हुन महेश ।
समय कसरी चल्ने र जनताले के सोच्ने भनेर प्रायोजित मिडिया INGO र वौद्दिक वर्गले निर्धारण गर्छ । हालको डिजिटल राज्यले Algorithm र TRP को आधारमा सुदन गुरुंगलाई मसिहा र महेश वस्नेतलाई अराजक हो भन्ने विपरित भाष्य वनाउन सफल भएको छ ।
त्यसैले पुर्वी सभ्यताको दर्शन, वाद र चिन्तनमा ह्रास आएको समाजमा वुख्याचा पात्र सुदन चर्चित हुनु सामान्य नै हो । कार्तिकमा कुकुरको पछाडी भीड र कलियुगमा ठग र अपराधिसंगको समाजमा भिड लाग्नु एउटै हो। तर प्रस्तुतकर्ताको अभिनयमा भने नेपालीपन छ र जुन सुदनमा छैन, त्यसैले प्राय नक्कली कलाकार नराम्रा हुने प्रथा विथोल्दै यस पटक नक्कली चाही हजार गुणा सक्कल र राम्रो देखिएका छन।
उनको हुलिया र शैलीले समाज कता जादैछ, जनता किन दिगभ्रमित हुदैछ भन्ने नवयुवामा गम्भिर प्रश्न तेर्सिएको छ। व्यंग्यलाई वाहिरी रुपमा सहर्ष स्वीकारे पनि भित्र भने कम्पन चलेको छ र उनको रोदनलाई प्रतिकार र संरक्षण गर्न BBC ले चुनाव अगाडी एकपक्षिय भिडियो निकाल्न वाध्य भएको छ, किनकि सुदन गुरुंग यो अराजक भीडको नकाव हुन र उनका पछाडी धेरै अदृश्य शक्ति सक्रिय छ । वजारमा भ्रम छर्न सफल भएपनि BBC यो पटक वौद्दिक समुहको नजरमा नराम्रोसंग पराजित भएको छ। स्थापित मिडियाले परिपक्व वौद्दिक जनतावाट विश्वसनियता गुमाउनु दुर्भाग्य हो । यसले BBC मिडिया विगतमा इरानको भु-राजनीतिमा प्रत्यक्ष संग्लग्न रहेको रहस्यमय घटना पनि आम जनतामा पुनर्स्मरण भएको छ ।
उक्त डकुमेन्ट्रीबारे अवकास पश्चात गाउ फर्केर कृषि पेशा अंगालेका पूर्वआईजीपी खापुङवाट किनेकाहरूले नसकेपछि उनीहरू आफैँ हामफालेका हुन् भन्ने धारणा पनि सार्वजनिक भैसकेको छ। बुधबार बेलायतकै अर्को समाचार संस्था रोयटर्सले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको ठगि काण्डलाई चोख्याउन नया स्वघोषित वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री नै बन्न लागेको ठोकुवासहित समाचार प्रकाशन गर्यो। तर, त्यसको भोलिपल्ट बिहीबार बीबीसीले निर्वाचन आचारसंहितामै प्रश्न उठ्ने गरी जेन-जी आन्दोलनको एकपक्षीय डकुमेन्ट्री
सार्वजनिक गर्नु, यता छानविन आयोग केपी ओलीलाई दोष लगाउने र रास्वपाका नेता जोगाउने जुक्ति नपुगेर निस्क्रिय भएर वस्नु र चुनाव लक्षित घटनाहरु नियोजित प्रकट हुदा वर्तमान सरकारी पक्ष, रास्वपा र जेन्जी आन्दोलनमा घुषपैठ गरेको हाइज्याकरहरु एउटै गिरोहको गोटी रहेको स्पष्ट हुन्छ।
यसरी सलवलाउने छौडाहरुको आफ्नो कुनै गन्तव्य हुदैन, मालिकले जता डोहोराए उतै जान्छन । हरेक रात वेचैन भएर डर त्रासमा वस्छन र गहिरो निन्द्रालाई मध्यपान, धुमपानको सहारा लिन्छन । कठै वरी लै भने झै छ यीनको जीन्दगी ।
पश्चिमा पादरीहरुलाई पृथ्वी नारायण शाहले देशवाट निस्काशन र क्याप्टेन किनलकलाई लज्जासपद हराएको रिस अझै मरेको छैन पश्चिमि जगतमा। उनी नभए वेलायतको तिव्वत हुदै चीन कव्जा गर्ने नीति दुइ शताव्दी अघि नै सफल हुव्थ्यो। मध्य पुर्वमा Arab Spring पछि पुर्वी एशिया अराजक वनाउन धेरै ढिला भएको चिन्तन थियो पश्चिमा जगतको।
मुस्लिम समुदायमा फुटाउ र राज गर नीति सफल भएपनि वैदिक सनातनको पुर्वी एशिया शान्त रहदा मन विच्केको थियो विखण्डनकारीको । तर, गरिव राष्ट्रको दरिद्रतामा पश्चिमाले चलखेल गर्ने ठाउ पाइहाले , मिडिया र अभियन्ताले खुला सहयोग गरिहाले, क्रिप्टोहरु विकिहाले र नेपाल, वंगलादेश, श्रीलंका क्षणभरमै जलेर खरानी भयो।
नेपालमा यस्तो डलर खाने वुख्याचा हुन्जेल वैदेशिक हमला हुन सक्ने तात्पर्य छैन । किनकी एउटा मिसाइल, फाइटर प्लेन जहाज किन्ने पैसाले सयौ अभियन्ता, सेलिव्रटि र कलाकार तथा राजनीतिकर्मी किन्न सकिन्छ । यिनिहरुलाई फालेको सानो चारो नै काफी हुन्छ समाजमा घृणा र गालीगलौजको वातावरण वनाउन र तिरस्कारको राजनीति गर्न । वाहिरको शत्रु भन्दा घर भित्रको शत्रुले वढी विष वमन गर्छन । भेनुजुयलाको राष्ट्रपति घर भित्रकै गद्दारहरु विकेर, सुचना चहाएर वफादारिता ननिभाएकोले पक्राउ भएको हो ।
वर्तमान नेपाल यसैको वरीपरी घुमेको छ र जनता मिडिया र अभियन्ताको क्षणिक स्वार्थको मनोरन्जनमा लिप्त हुदा सिंहदरवार हिल्टन र भाटभटेनी जल्दा समेत संवेदनहिन भएका छन ।
लेण्डुपहरु आज त्यही माटोमा चुनावी घरदैलोमा हिड्दैछ तर राष्ट्रनिर्माताको दिव्य उपदेश थाहा छैन, भिमसेन थापा को हो थाहा छैन, मुख्तियार र मतियार एउटै लाग्दा र काठमांडौको फोहोर व्यवस्थापन गर्न विदेशि हस्तक्षेप भयो भन्ने हास्यस्पद अभिव्यक्ति आउदा समेत सवै युटुवे र डलरे मिडिया हो मा हो मिलाउदैछन । रेमिट्यान्स पठाउने मजदुर खाडीमा वाकसमा पठाउदा सम्मानस्वरुप झण्डाले छोप्न सकेको छैन तर यी विध्वंशकारी देश नांगो पारेर झण्डा ओढ्दै आदर्श भएका छन । हिजो राज दरवार सकाए, आज प्रशासन दरवार जलाए भोली जनताको घरवार वाकी राख्ला भन्ने के विश्वास छ र ? क्षणिक स्वार्थमा राष्ट्रलाई दशकौ पर धकेल्नेवाट विकास र सम्वृद्दिको के आशा गर्न सकिन्छ।
यो हाम्रो परम्परागत माटोको उव्जनी होइन , यी आयातीत विचार हाम्रो मौलिक संस्कार र चालचलन विपरित भैरहेछ । चेतना गुमेको कलियुगको वातावरण कठिन भैरहेछ। नेपालीहरु सचेत भइ सभ्य हुन जरुरी छ । स्थापित पार्टीहरु समयानुकुल परिवर्तन भइ सुधार गर्न नसक्दा र जनतामा नैरास्यता वढ्दा वाह्य पक्षले धेरै घुषपैठ गर्ने स्थान पाए ।यो देशको मौलिकता सक्ने, विकास रोकेर विनास रोज्ने माओवादीको दोश्रो आधुनिक रुप हो जेन्जी आन्दोलन। यसको स्वरुप, जन्म र प्रयोग देशको हित विपरित छ।
यसमा राजावादी सित्तैमा प्रयोग भएर दुरुपयोग भएको छ । तसर्थ, माओवादीको र रास्वपाको प्रवृति वाहेक नेपालको हरेक प्रकृति उत्कृष्ट छ ।जेन्जी आन्दोलन र दरवार हत्याकाण्डको मुहान एउटै रहेको तीतो यथार्थ हामी नेपालीले वुझ्न धेरै ढिलाई भइसकेको छ । यो नया पुरानो, असल खराव भन्दा पनि जनताको सुनिस्चित भविष्यको जग वसाउनलाई हो, नेपालीको अस्तित्वको अन्तिम लडाइ हो। जाग नेपाली जाग, आखा खोल, सत्य वुझ, समय रोकिदैन र फर्कदैन । धैर्य साथ हिड्दै गए अध्यारोमा पनि वाटो देखिन्छ ।
– रतन्धो
