सर्लाही ४ मा अमरेश अघिअघि, गगन पछिपछि
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४ मा कांग्रेस सभापति गगन कुमार थापा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहभन्दा पछि परेका छन् ।
अमरेशले १ हजार २३९ मत पाउँदा सभापति थापाले ७६८ मत पाएका छन् । जनमतका राकेश मिश्राले २५०, नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९९ र नेकपा उम्मेदवार डा रजनिश रायले १८ मत पाएका छन् ।
जसपाका रामेश्वर राय यादवले २ मत पाएका छन् । बिहान १० बजेदेखि मतगणना सुरु भए पनि पहिलोपटक औपचारिक रुपमा प्रारम्भिक मत सार्वजनिक भएको हो ।
