जनादेशले एजेन्डा पुनर्विचार गर्न सन्देश दियो: राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले हालको जनमतले पार्टीलाई आफ्ना मुद्दा र एजेन्डाबारे पुनर्विचार गर्न स्पष्ट संकेत दिएको बताएका छन् । उनले ताजा जनादेशले ‘आफ्ना एजेन्डामा फेरि सोच्न आवश्यक छ’ भन्ने सन्देश दिएको उल्लेख गरेका छन्।
श्रेष्ठका अनुसार राप्रपाले चुनावमा प्रयास नगरेको भने होइन । उनले पार्टीको नेतृत्व भ्रष्ट वा खराब नभएको र जनहितविपरीतका काम पनि नगरेको दाबी गरेका छन् ।
यति हुँदाहुँदै पनि अपेक्षा गरेजस्तो मत प्राप्त हुन नसकेको भन्दै उनले यसलाई गम्भीर रूपमा लिएर आगामी दिनमा पार्टीले आफ्नो नीति र एजेन्डाबारे पुनः समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
