मातृकालाई विजयी घोषणा नगरेको भन्दै नेकपाको आपत्ति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्ना उम्मेदवार मातृका यादव प्रतिनिधि सभा सदस्यमा विजयी भइसक्दा पनि निर्वाचन आयोगले प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ।
नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले वक्तव्य जारी गर्दै यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उनलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन्।
नेकपाले कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत नहुनेमा जोड दिएको छ।
‘हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दवावमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,न्यायालयले पनि कानून र विधिसम्मतढंगले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ।
निर्वाचन आयोगले फागुन १८ निर्णय गर्दै निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह ९कमल०को उम्मेदवारी खारेज गरेको थियो।
