आज फागुन २६ गते मंगलबार,यस्तो छ तपाईको राशिफल

मेष- कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ मिल्ने समय छ । सहयोगीहरूको साथ राम्रो रहनेछ। दिगो फाइदाका लागि लगानी गर्न सकिनेछ र गरिएका कामको उचित मूल्यांकन हुनेछ । रोकिएका काम बन्ने तथा आयका नयाँ स्रोत बढ्ने सम्भावना छ। भौतिक साधन जुट्दा मन प्रसन्न रहनेछ।

वृष- खर्च बढ्ने संकेत देखिए पनि व्यवसाय विस्तारका लागि लगानी गर्ने समय छ। आफ्नै कमजोरीका कारण सानो विवाद आउन सक्छ, त्यसैले सावधानी आवश्यक छ। काममा सफलता मिल्नेछ भने प्रतिभाको कदर हुनेछ। नोकरीमा पदोन्नति तथा राजनीतिमा सक्रिय व्यक्तिहरूलाई विशेष अवसर मिल्न सक्छ।

मिथुन- स्वादिष्ट भोजन र रमाइलोमा मन जानेछ। अध्ययनमा ध्यान अलि कम भए पनि आत्मविश्वास बढ्नेछ। रोकिएका काम क्रमशः बन्नेछन्, तर ढिलाइ हुँदा केही अवसर गुम्न सक्छ। जिम्मेवारी बढ्नेछ र सहयोग गर्नेहरूबाट अपेक्षित साथ नपाइने सम्भावना छ। परिवार वा जीवन साथीका कारण चिन्ता बढ्न सक्छ।

कर्कट- भेटघाट र योजनामा अलमल हुँदा समय र अवसर गुम्न सक्छ । नयाँ कामको प्रस्ताव आएपनि निर्णयमा ढिलाइ हुन सक्छ। व्यवसायिक क्षेत्रमा खर्च बढ्ने संकेत छ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। जीवन साथीको सहयोगले आम्दानी र आनन्द दुवै बढ्नेछन्।

सिंह रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अनुकूल समय छ । उद्योग व्यापारमा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूलाई सहजै पछाडि पार्न सकिनेछ। प्रेम सम्बन्ध बलियो बन्ने वा विवाहतर्फ अघि बढ्ने योग छ । पेट सम्बन्धी समस्या हुन सक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ।

कन्या- परिश्रमको राम्रो प्रतिफल पाइनेछ। कृषि तथा पशुपालनमा सामान्य समस्या देखिएपनि आर्थिक लाभका अवसर मिल्नेछन्। प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ । कला, साहित्य र मनोरञ्जनतर्फ रुचि बढ्नेछ । परिवारको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछन्।

तुला- बुद्धि र धैर्यको प्रयोगले काममा सफलता मिल्नेछ। पारिवारिक जमघट र भेटघाटमा मन रमाउनेछ। व्यापार व्यवसायमा फाइदा हुने समय छ। रुचिका क्षेत्रमा लगानी बढाउन सकिनेछ। विभिन्न अवसरहरू प्राप्त भएपनि विलासितामा खर्च बढ्न सक्छ।

वृश्चिक- समय अनुसार आफूलाई अनुकूल बनाउन प्रयास गर्नुपर्नेछ। गुरुजनको सल्लाह र अनुभवले लक्ष्य स्पष्ट हुनेछ । प्रतिस्पर्धामा केही चुनौती आउन सक्छ। आफन्तसँग दूरी बढ्ने सम्भावना भएपनि विदेश वा बाह्य क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। परिवार र साथी भाइको साथ रहनेछ।

धनु- लगनशीलता र निरन्तर प्रयासले उपलब्धि दिलाउनेछ। ढिलो भएपनि काम सम्पन्न हुनेछन्। परिवारको सहयोगले आर्थिक अवसर बढ्नेछन्। व्यापार व्यवसायमा लाभ मिल्नेछ र आम्दानी वृद्धि हुनेछ। अप्रत्याशित स्थानबाट धन प्राप्त हुन सक्छ। अध्ययनमा पनि प्रगति हुने संकेत छ।

मकर- कामका क्रममा प्रभावशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ । निर्णय गर्दा विवेक र संयम आवश्यक हुनेछ । विचार व्यक्त गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ । स्थानान्तरण वा लामो यात्राको सम्भावना छ । नयाँ लाभदायी काम सुरु गर्ने अवसर मिल्नेछ र साझेदारीबाट फाइदा हुनेछ।

कुम्भ- नयाँ काम वा अवसर प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनु आवश्यक छ। आलस्यका कारण अवसर गुम्न सक्ने भएकाले सक्रिय रहनुहोस्। आर्थिक कारोबार सोचविचार गरेर मात्र गर्नु उचित हुनेछ । नोकरीमा पदोन्नति वा स्थानान्तरणको सम्भावना देखिन्छ।

मीन- प्रतिस्पर्धा कम भएर फाइदा हुने संकेत छ । अरूको भर पर्नुभन्दा आफ्नै प्रयासमा काम गर्नु राम्रो हुनेछ। साहस नहुँदा योजना कार्यान्वयनमा ढिलाइ हुन सक्छ । तत्काल ठूलो लाभ नदेखिए पनि भविष्यका लागि महत्वपूर्ण आधार तयार गर्ने अवसर मिल्नेछ।