समानुपातिकतर्फ रास्वपाको मत ५० लाख पार
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ ।
समानुपातिकतर्फ कुल एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो । गणना भएको मतको यो ४७.९१ प्रतिशत हो ।
यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ । कांग्रेसले समानुपातिकतर्फ १६.२५ प्रतिशत मत प्राप्त गरेको छ।
नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत अर्थात् १३.५५ प्रतिशत मतसहित तेस्रो स्थान ओगटेको छ। नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ। यो कुल गणना भएको सदर मतको ७.३६ प्रतिशत हो।
श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ मत प्राप्त गरेको छ। उसले समानुपातिकमा अहिलेसम्म ३.४४ प्रतिशत मत पाएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मतसहित ३.१२ प्रतिशत मत पाएको छ।
