सुनको मूल्य बढ्यो,कतिमां हुँदैछ कारोबार ?
काठमाडौं। मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ प्रतितोला ३१० रुपैयाँ रुपैयाँ बढेको छ। एकैदिन चाँदी ५.७ प्रतिशत महँगिएको हो । अघिल्लो दिन तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७२० रुपैयाँ पुगेको छ।
