म तलब खाँदिनँ, गाडी पनि चढ्दिनँ: सुदन गुरुङ
काठमाडौं । रास्वपा सांसद सुदन गुरुङले आफूले सांसद भएवापत पाउने तलब नखाने बताएका छन्। रास्वपाले आजदेखि सुरु गरेको सांसदहरूका लागि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले यस्तो दाबी गरेका हुन्। साथै उनले आफूले सरकारी गाडी पनि नचढ्ने बताएका हुन्।
उनले भने, ‘म तलब खाँदिनँ, सरकारी गाडी पनि चढ्दिनँ । मेरो आफ्नै गाडी छ । म आफैँ सक्षम छु ।’ उनले संसद्मा आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने पनि जिकिर गरे।
