सार्वजनिक यातायात र ढुवानी भाडा समायोजन हुँदै

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक यातायात र ढुवानीका सवारीको भाडादर समायोजन गर्ने तयारी थालेको छ।

यातायात व्यवस्था विभागले सवारी भाडा पुनरावलोकनका लागि विशेषज्ञ कमिटी गठन गरी प्रतिवेदन तयार गरी महानिर्देशकलाई बुझाइसकेको छ। निर्देशक श्रीकान्त यादवका अनुसार, इन्धन, टायर, पार्टपुर्जा र गाडी मूल्यका आधारमा वैज्ञानिक विधिबाट भाडा समायोजन गरिनेछ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ मूल्य बढाएको छ। व्यवसायीहरूले चार वर्षदेखि भाडा समायोजन नभएको भन्दै नयाँ वैज्ञानिक प्रणाली अनुसार तत्काल समायोजन गर्न माग गरेका छन्।

महासंघका अनुसार भाडा समायोजन तीन किसिमले हुन्छ

१-१० वर्षे (१३ वटा सूचक अनुसार)
२- २ वर्षे
३- स्वचालित (इन्धन मूल्य अनुसार, ३५५ इन्धन र ६५५ गाडीरपार्टपुर्जारकर)

विद्युतीय सवारी (ईभी र इन्धन) गाडीको भाडा फरक हुनुपर्ने पनि व्यवसायीको सुझाव छ। गत वर्ष पुसमा केही रुटमा ३ प्रतिशतसम्म भाडा वृद्धि गरिएको थियो, साथै डिलक्सरसुपर डिलक्स सुविधामा अतिरिक्त २०५ थप लिन सकिने व्यवस्था गरिएको छ।