विदेशका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगायो: चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपालीलाई अमेरिकी जासुसी संस्था सीआईएले कब्जामा लिएर घण्टीमा भोट हाल्न लगाएको दाबी गरेका छन्। सोमबार एक पत्रकार सम्मेलनमा भन्दा पनि लाजमर्दो कुरा भन्दै अध्यक्ष केसीले विदेशमा रहेका नेपाली सीआईएको कब्जामा रहेको दाबी गरेका हुन्।

‘कतिसम्म लाजमर्दो भने विदेशमा जहाँजहाँ जागिर खान गएका छन्, पढ्न गएका विद्यार्थी छन्, ति सबलाई सीआईएले कब्जा गरेको छ,’ केसीले भने, ‘उनीहरू आफ्ना आमाबाबु अभिभावकलाई घण्टीमा है भोट घण्टीमा, हैन भने म घर आउँदैन । यस्तो देश हुँदाखेरी पनि हामी चिन्तित हुने कि नहुने।

अहिले सिंहदरबार र सर्वोच्च जलाउनेहरू ठुलो संख्यामा आएको बताउँदै अध्यक्ष केसीले सधैँ जनताले सही निर्णय नदिने टिप्पणी गरे। ‘सिंहदरबार डढाल्नेहरू, सर्वोच्च अदालत डढाल्नेहरू,संसद् डढाल्नेहरू अहिले त ठुलो संख्यामा आए त। जनताले सधैँ सही फैसला गर्छन् भन्ने कुरा होइन,उनले भने।

जनतालाई यो अवस्थामा लैजाने कम्युनिस्ट नाम गरेकै शक्तिले रहेको अध्यक्ष केसीले बताए। उनले भने, ‘तपाईँहरूले मलाई संसद्‍मा सुन्नुभएकै छ । कि तिमीहरू सच्चियो, कि सक्किन तयार होऔँ भन्ने कुरा भनेकै थिएँ ।

नेपालको स्थितिलाई लिएर सबै दलका नेतासँग बसेर छलफल गर्ने उनले बताए। ‘मुलुक त गयो त, चीनको विरुद्ध लड्न नै अमेरिकाले यो खेल खेलेको हो,अध्यक्ष केसीले भने । यो कांग्रेस, एमाले, माओवादीले भ्रष्टाचार गरेको र जनताले सुख नपाएर नभएको उनले दाबी गरे।

‘उसले दलाई लामालाई पुनर्स्थापित गर्नकै लागि यो खेल खेलेको हो,केसीले भने।

अहिले प्रत्यक्ष कार्यकारीको कुरा आएको बताउँदै केसीले अगाडि भने,प्रत्यक्ष कार्यकारी होइनन् ट्रम्प। अमेरिका जस्तो लामो प्रजातान्त्रिक संस्कार भएको देशले ट्रम्पजस्तालाई चुन्छन्। जनताले सधैँ सही फैसला दिन्छन् भन्ने त हुँदो रहेनछ।