डोलप्रसाद अर्याल बने प्रतिनिधिसभाको सभामुख

काठमाडौं । रास्वपाका सांसद डोलप्रसाद अर्यालय सर्वसम्मत रुपमा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

बैठक सुरु हुनासाथ केसीले सभामुखमा अर्यालको एकमात्र उम्मेवारी परेको भन्दै प्रस्तावक रवि लामिछानेलाई बोल्न सयम दिएका थिए ।

त्यसपछि लामिछानेले डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरे । लामिछानेले अर्याललाई सर्वसम्मत गर्न अन्य राजनीतिक दलबाट सहयोग भएको भन्दै धन्यवाद दिए ।

त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम सहितले लामिछानेको प्रस्तावको समर्थन गरेका थिए । अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरि बैठक स्थगित भएको छ ।