ओली र लेखकको रिट न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ ।

उनीहरूका रिट निवेदन सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

‘जेनजी’ आन्दोलनका घटना छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई यही चैत १४ देखि प्रहरीको हिरासतमा राखिएको छ।

पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनीहरूको रिहाइ माग गरी यही चैत १५ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएका हुन्।

जसमा चैत १६ गते सर्वोच्चले विपक्षी सरकारका नाममा कारण देखाऊ आदेश दिएको थियो । जसअनुसार सरकार पक्षबाट लिखित जवाफ आइसकेकाले आज सुनुवाइका लागि पेसी तोकिएको हो ।