अध्यागमन विभागमा गृहमन्त्रीको छड्के

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अध्यागमन विभागमा छड्के जाँच गरेका छन्। गृहमन्त्री गुरुङ सोमबार बिहान कालीकास्थानस्थित विभागको कार्यालयमा छड्के जाँच गर्न पुगेका हुन्।

त्यस क्रममा उनले विभागको काम कारबाहीबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सोही क्रममा उनले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पनि छड्के अवलोकन गरेका छन्।