‘प्रधानमन्त्रीज्यु, बोली र काममा त फरक पर्यो नि ?
काठमाडौं । सरकारको सुकुम्वासी बस्ती हटाउने निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा प्रदर्शन गरिएको छ ।
सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन्। उनीहरूले ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्बासी आवासको हक सुनश्चित ग’, ‘निरंकुश सरकार चाहिँदैन’, ‘गरिबमाथि अन्याय बन्द गर’, ‘प्रधानमन्त्री ज्यु बोली कामका फरक पर्यो नी ? लगायतका नारा लागाएका हुन् । प्रदर्शन राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा भएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधवार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिवार या आइतबार सुकुम्वासी बस्ती हटाउन निर्देशन दिएका छन् ।
