सरकारको जमेर विरोध गरिरहन्छु: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले बालेन शाह नेतृत्वको सरकारको जमेर विरोध गरिरहने बताएका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साम्पाङले सुकुम्वासी, अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाएर डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहने बताएका हुन्।

उनले लेखेका छन्, ‘जसले मलाई जे सुकै गाली गर गर्दा हुन्छ तर सुकुम्वासी अव्यवस्थित बसोबासीहरुलाई उठिबास लगाएर डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहन्छु म! आतातायी सरकार !

व्यवस्थापन बिना नै सरकारले सुकुम्वासी बस्तीहरूमा डोजर चलाएपछि साम्पाङले निरन्तर सरकारको विरोध गर्दै आएका छन्। त्यस्तै उने प्रधानमन्त्री बालेन शाहले संसद्मा जवाफ नदिएको भन्दै राजीनामा समेत मागेका छन्।