सरकार मुलुकको समस्या समाधान गर्ने कुरामा केन्द्रित भएन: राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार मुलुकको समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित नभएको दाबी गरेको छ।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सो कुरा बताएकी हुन्।
उनले सरकारले सो विधेयक मुलुकको समस्यालाई यथार्थपरक ढंगले विश्लेषण गर्दै ती समस्याहरू समाधान हुने गरी नल्याएको जिकिर समेत गरिन् ।
‘हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बजेटको फोकस चाहिन्छ । हाम्रा सामाजिक, आर्थिक यथार्थहरू कस्ता छन रु त्यता ध्यान पु¥याऔं। आज राज्यको राजश्व दबाबमा छ। युवाहरू विदेश पलायन भइराखेको छन्। कृषि उत्पादन घटदो छ। प्राईभेट सेक्टर त्रसित छ। सार्वजनिक ऋणको भार बढिरहेका छन्,उनले भनिन्।
प्रमुख सचेतक ओलीले यथार्थभन्दा बाहिर गएर सरकारले नागरिकलाई आशावादी बनाउनका लागि गरिएको प्रयासको कुनै अर्थ नहुने पनि बताइन्।
‘पूँजीगत खर्च अत्यन्त कमजोर छ । स्थानीय तहमा सेवा प्रवाह असमान छ । यस्ता यथार्थबीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढदै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्शन गर्नु भन्दा नारामूलक आशावादी फेरी पनि प्रस्तुत गरेको होकि भन्ने मलाई लागि रहेको छ,’ उनले भनिन् ।
