तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रको अतिक्रमण संरचनामा चल्यो डोजर

काठमाडौं । तारकेश्वर नगरपालिकाले तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाए भत्काएको छ।

आज बिहानदेखि तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर समेत लगाएर भत्काएको हो।

स्थानीय निकायले संरचना भत्काउन सुरु गर्नु भन्दा केही दिन अघि नै यहाँ रहेका पसल र व्यवसायीलाई सूचना तथा चेतावनी दिएको थियो।