एमालेले विष्णु पौडेलको नेतृत्वमा संविधान संशोधन कार्यदल बनाउने

काठमाडौं । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गर्ने भएको छ।

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले पौडेलको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गर्ने प्रस्ताव गरेका हुन्।

कार्यदलमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई र पासाङ शेर्पालाई सदस्यमा प्रस्ताव गरिएको छ। अब भोलि शुक्रबार बस्ने सचिवालय बैठकले उक्त प्रस्ताव पारित गर्नेछ।